वि.सं:
नेपाल संवत: ११४६ वछलागा द्वादशी - २७
शिक्षा विकास निर्देशनालय,धनकुटाद्वारा प्रकाशित सुचना बमोजिम कोशी प्रदेशमा कार्यरत माध्यमिक तह अनिवार्य विषयका शिक्षकहरुबीच विद्यार्थीमैत्री प्रकृतिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि आवश्यक पर्ने रणनीतिहरुसहितको पाठयोजना तयार गराई विषय विज्ञवाट मूल्याङ्कन पश्चात प्राप्त नतिजाका आधारमा उत्कृष्ट पाठयोजना निर्माण गर्ने शिक्षकहरूबाट आफ्नो विषयभित्रको कुनै एउटा पाठको Power Point Presentation तयार गरी विज्ञहरु माझ प्रस्तुत गराउने साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल शिक्षकहरुलाई पुरस्कृत गरी निजहरुबाट तयार भएका रणनैतिक पाठयोजना र PPT लाई शिक्षा विकास निर्देशनालयको वेभसाइटमा प्रकाशन गरी सबै शिक्षक र विद्यार्थीहरूले प्रयोग गर्नसक्ने गरी पहुँच प्रदान गर्ने कार्यक्रम रहेकोले यस झापा जिल्लाका अनिवार्य ५ विषयका शिक्षकहरुबाट तपसिलमा उल्लेख भएका बुँदा (Clue) को प्रयोग गरी रणनैतिक पाठयोजना निर्माण गर्न गरी २०८३ वैशाख १४ भित्रमा शिक्षा विकास तथा समन्वय इकाइको मेल ठेगाना edcu.jhapa@gmail.com मा पठाइदिन हुन अनुरोध छ।