शिक्षा बिकास र समन्वय एकाइ झापा को बारे मा

संघीय व्यवस्था लागू भएपश्चात तत्कालिन जिल्ला शिक्षा कार्यालय कहिले जिल्ला प्रशासन त कहिले शिक्षातथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहँदै आएको छ । हाल शिक्षा विकास तथा समन्वय इकाइको नामबाट संघीय कार्यालयको रुपमा केही कार्यक्रमहरु सञ्चालन गर्दै गरेको र खासगरी प्रदेश तथा स्थानीय तहको कार्यक्रमहरुको सहजीकरण गर्दै आईरहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप् स्वीकृत कार्यक्रम र प्रदेश सरकारबाट प्राप्त स्वीकृत कार्यक्रमहरुलाई स्थानीय तहहरु समेतको समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अपेक्षित उपलब्धि हासिल गर्न प्रयत्नरत रहेको छ । यस कार्यालयमा रा द्धितीय श्रेणीको उपसचिव (इकाइप्रमुख)कार्यालय प्रमुख रहने व्यवस्था छ । स्थानीय तहबाट प्राप्त सूचना र विद्यालयहरुले IEMIS मा अद्यावधिक गरेका सामग्रीहरुलाई सन्दर्भ स्रोतको रुपमा लिएर शैक्षिक सूचकहरुलाई सरोकारवाला समक्ष पुर्याउने प्रयास गरिएको छ ।